प्रहरीका अनुसार उनीहरुबाट अवैध लागुऔषध स्पास्मो प्रोक्सिभन २४ पत्ता(५७६ क्याप्सुल), १०० एमएलको कोरेक्स ९८ वोतल पनि वरामद भएको छ । यस्तै, को २० प ४३९७ नम्बरको स्कुटी एक थान र को ८ प ६५३४ नम्बरको अपाची मोटरसाइकल पनि वरामद भएको छ । यसैगरि, भरतको साथबाट नगद ५ हजार ४ सय १० रुपैया, कृष्णको साथबाट ५१ ह्जार ४ सय ८० र सुन जस्तो देखिने औठी एक थान पनि वरामद भएको प्रहरीले जानकारी दिएको छ।
डिएसपी सिजापतिका अनुसार विगतमा धरान चतरा सडकखण्डको पटनाली क्षेत्रको जंगलमा चोरी र लुटपाट हुने गरेको गुनासोको आधारमा सुरक्षा निगरानी बढाइएको थियो । स्थानीयबासी नियमित गस्ती गर्ने गरेको र सादा पोशाकमा पनि प्रहरी परिचालन भएकोले लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको उनले बताए ।
यसैगरि, गत माघ १९ गते इटहरीका सुरेश चौधरी पञ्चकन्या मन्दिर घुम्न आएको बेला धम्की दिई नियन्त्रणमा लिएर नगद ७ हजार लुटेको घटनामा संलग्न धरान १४ का नविन बिक र मिलन राईलाई पनि पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी सिजापतिले जानकारी दिए। साथै, गत मंसिर ८ गते धरान ८ का ८० बर्षीय मनबहादुर लिम्बुलाई छुरी हानि घाइते बनाएर नगद ७ हजा लुटेर फरार धरान १५ का २० बर्षीय उमेश राजधामीलाई पनि पक्राउ गरेर ज्यान मार्ने उद्योग र चोरी मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रकाशित: १० फाल्गुन २०७२ ०४:२२ सोमबार