अन्य

गस्तीमा हिँडेका प्रहरीमाथि गोली प्रहार

जुम्ला- गस्तीमा हिँडेका प्रहरीमाथि गोली प्रहार भएको छ। विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट प्रहरी जवान दिपक रोकाया घाइते भएका छन्।

उनको पाखुरामा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। घाइते रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। गोली चलेपछि जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कोइरालाका अनुसार एक जना स्वचालित पेस्तोलसहित पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। गोली कसले चलाएको भन्नेबारे पुष्टि भइनसकेकाले अहिल्यै केही भन्न नमिल्ने उनले बताए।

प्रकाशित: १६ माघ २०७२ २१:४६ शनिबार