अन्य

अत्याधुनिक पेस्तोल सहित एक पक्राउ

जनकपुर— धनुषाको ठेराबाट आइतबार बिहान आधुनिक पेस्तोल सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडक खण्डको ठेरामा सवारी चेकजाँच क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादव पक्राउ परेका हुन्।धनुषाधामतर्फबाट जनकपुरतिर आउँदै गरेका उनको साथबाट एक थान अत्याधुनिक पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हातहतियार खरिदबिक्री कार्यमा संलग्न हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनायो। आवश्यक अनुसन्धानका लागि उनलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको स्थानीय चौकीले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७२ ०१:५५ आइतबार