संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति र मधेस क्रान्ति संघर्ष समितिको संयुक्त रुपमा निस्केको जुलुसले उक्त मोटरसाइकलमा आगजनी गरेको हो । भारतीय बजारबाट एक सय २० लिटर पेट्रोल लिएर बर्दिवासतर्फ लगिरहेको आरोपमा ज १ प ६०२३ नम्बर मोटरसाइकलमा आगजनी गरिएको आन्दोलनकारीले जनाएको छ।
आन्दोलनकारीले यसअघि पेट्रोलियम पदार्थ बोकेको आरोपमा एक दर्जन मोटरसाइकल र दुई ट्रकमा आगजनी गरेका छन् भने दर्जनौं बस तथा ट्रकमा तोडफोड गरेका छन्।
प्रकाशित: १५ मंसिर २०७२ ०३:१८ मंगलबार