दाङ— देउखुरीमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। स्थानीयको आक्रमणबाट सतबरिया ९ स्याउलेका ५२ वर्षिय कृष्ण खत्रीको मृत्यु भएको हो।शुक्रवार बेलुका मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि खत्री माथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न सोही ठाउँका हर्क कुमाल र शन्तबीर कुमाललाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरीका अनुसार खत्रीलाई मुक्कै मुक्काले हानेर हत्या गरिएको थियो ।
प्रकाशित: ७ कार्तिक २०७२ ०५:४४ शनिबार