नेपाली र विदेशी गरी ५४ प्रतिस्पर्धीले भाग लिएको म्याराथनमा भीमबहादुरले निर्धारित दुरी ४ घन्टा १ मिनेट ५४ सेकेन्डमा पूरा गरेका थिए। दोस्रो भएका सुरेन्द्रले ४ घन्टा ३ मिनेट १८ सेकेन्ड र तेस्रो भएका पासाङले ४ घन्टा ११ मिनेट २८ सेकेन्ड लगाएका थिए। सुरेन्द्रले ७५ हजार र पासाङले ५० हजार नगद पुरस्कार पाए।
महिलातर्फको उपाधि सोलुखुम्बु थामेकी आङ्दामी शेर्पाले जितिन्। उनले ६ घन्टा ५ मिनेट ४३ सेकेन्ड लगाएर पहिलो स्थान ओगटेकी हुन्। ६ घन्टा १७मिनेट ५५ सेकेन्डबाट सोलुखुम्बुकै दाबा डोमा शेर्पा दोस्रो र ६ घन्टा ३३ मिनेट६ सेकेन्डबाट सोलुखुम्बुकै नीरकला राई तेस्रो भएका थिए। महिलातर्फका शीर्ष तीन स्थानका विजेताले ५०, ३५ र २५ हजार नगद पुरस्कार जितेका थिए।
म्याराथनको विदेशीतर्फ पोल्यान्डका रोबर्ट सेलेन्स्की विजेता भए। उनले ४ घन्टा ३४ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेका थिए। अस्ट्रेलियाका लिफ डेविड क्रिस्टेनसन र इजरायलका डानियल कारेन दोस्रा र तेस्रा भए। डेविडले ६ घन्टा १९ मिनेट ४१ सेकेन्ड र डानियलले ६ घन्टा ५५ मिनेट ४ सेकेन्डमा दूरी पार गरेका थिए।
अमेरिकी धावक एन्डे्रयु स्किडमोरले ४ घन्टा १५ मिनेट २० सेकेन्ड दूरी पार गर्दै हाफ म्याराथन (२१ किमि) को उपाधि जिते। इजरायलका धाविकाद्वय तल यागुर र डानियला वोल्फसन दोस्रा र तेस्रा भए। यागुरले ४ घन्टा २८ मिनेट ३२ सेकेन्ड र डानियलाले ४ घन्टा २८ मिनेट ३३ सेकेन्डको दुरी पार गरेका थिए।
म्याराथनको विदेशी विधा र हाफ म्याराथनका विजेताले सम्मान पुरस्कार पाए। विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार पुरस्कार पाएका थिए।
बिहान ७ बजे सुरु म्याराथनमा इजरायल, बेलायत, अमेरिका, अफ्रिका, इटाली, पोल्यान्ड, क्यानडा, हङकङ लगायत १५ देशका प्रतिस्पर्धी थिए।
विजेता युरोपियन राजदूत रिन्जी टेरेनिक र नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठले पुरस्कृत गरे। म्याराथनका सबै कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको आयोजक एक्सपिडिसनका निर्देशक शिखर पाण्डेले बताए।
प्रकाशित: १८ आश्विन २०७२ २२:०० सोमबार