अन्य

सर्लाहीमा घाँस लिन गएकी महिलाको हत्या

सर्लाही– सर्लाहीको सिसौटियामा घाँस काट्न गएकी एक महिलाको हत्या भएको छ। मंगलबार साँझ घाँस लिन गएकी सिसौटिया–५ की ५० वर्षीया सियावतीदेवी बुधबार उखु घारीमा मृत अवस्थामा फेल परेकी हुन्।


आफैले लगाएको साडीले घाँटी बाँधिएको र टाउकोमो चोट लागेका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटना स्थलको प्रकृतिअनुसार ५० वर्षीया एकल महिलाको बलात्कार गरी हत्या गरीएको हुन सक्ने प्रहरीको अनुमान छ।

मृत महिलाको शव बुधबार सर्लाही जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ। शवको पोष्टमार्टमपछि हत्याको कारण खुल्ने प्रहरी नायव उपरीक्षक रमेशकुमार खड्काले बताए।

प्रकाशित: १३ आश्विन २०७२ ०७:२१ बुधबार