कोरोना महामारी सुरुभएपछि यात्रा र हवाई उद्योग ठप्प भए । त्यति बेला उत्तरी आयरल्यान्डको एक ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने मिरिन्डा लेभिङ्स्टन जागिरजोगिएकामा दंग थिइन् । तर केही महिनामै ३४ वर्षीयाले भिङ्स्टनको जागिर गएपछि उनी अन्य जागिरको खोजीमा लागिन् ।
कोभिड–१९ले लाखौँ मानिसका जागिर र जीविकोपार्जन संकटमा पारेकोछ । बेलायतको वित्तीय क्षेत्रमा भएको एक सर्वेक्षणअनुसार १० मध्ये ४ बेलायतीले जागिर परिवर्तन गर्न चाहेकाछन् । स्विडेनमा गरिएको एक अर्काे सर्वेक्षणले १० सूचना प्रविधि विज्ञमध्ये सातजनाले नयाँ अवसर खोजेको देखिएको छ। अमेरिकामा जागिर खोज्ने र बेरोजगारलाई समेटेर गरिएको अध्ययनले १० मध्ये ६ जनाले महामारीका कारण जागिरको प्रकृतिनै परिवर्तन गर्न चाहेको देखाएकोछ ।
ओस्लोमा बस्ने ३५ वर्षीया राजा स्कोग्लान्ड महामारी सुरु हुने बेला भर्खरै सुरु हुन लागेको एक कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भइन् । यस्तो हैसियतको पद उनले धेरै अघिदेखि खोजिरहेकी थिइन् । तर, लकडाउनमा रहँदा उनको सोचमा परिवर्तन आयो । जीवन धेरै छोटो र महत्वपूर्ण छ र यति धेरै महत्वपूर्ण दिनहरू आफूले कसरी बिताइरहेकी छु भन्ने महसुस उनलाई भयो ।
त्यसो भए, आर्थिक अनिश्चितताको यो समयमा यति धेरै विज्ञता भएकाहरू किन नयाँ अनुभव र अवसरको खोजीमा छन्? यसको उत्तरमा कोभिड–१९का कारण कसरी वृत्ति–विकासका प्राथमिकता परिवर्तन भएकाछन् र भविष्यमा काम गर्दा कसरी खुसी हुन सकिन्छ भन्ने मानिसको बढ्दो चाहनालाई हेर्नुपर्छ ।
ग्लोबल करिअर विज्ञ रिचर्ड अल्डर्सनका अनुसार,समग्र प्रणालीमा झट्का लागेपछि मानिसहरू आफ्नो जीवनसँग सम्बन्धित विषयलाई समीक्षा गर्छन् । महामारीअगाडि दुःख, सम्बन्ध–विच्छेद र उमेरसँग सम्बन्धित विषयसँग सम्बन्धित मानिस उनीसँग परामर्श गर्न आउँथे भने महामारीलेजीवनका समग्र रोजाइ र सोचहरूमा समेत प्रभाव पारेको अल्डर्सन ठान्छन् ।
ओस्लोमा बस्ने ३५ वर्षीया राजा स्कोग्लान्ड महामारी सुरु हुने बेला भर्खरै सुरु हुन लागेको एक कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भइन् । यस्तो हैसियतको पद उनले धेरै अघिदेखि खोजिरहेकी थिइन्। तर, लकडाउनमा रहँदा उनको सोचमा परिवर्तन आयो । जीवन धेरै छोटो र महत्वपूर्ण छ र यति धेरै महत्वपूर्ण दिनहरू आफूले कसरी बिताइरहेकी छु भन्ने महसुस उनलाई भयो ।
‘मैले उद्यमी बन्न चाहनेलाई परामर्श सेवा दिइरहेकी थिएँ।यसले मेरो धेरै समय लिने र ममा थकान पनि धेरै हुने गथ्र्याे,’ उनी स्पष्ट पार्छिन्,‘जीवनमा हरेक चिजका वरपर अनिश्चतता रहेकाछन् । मलाई लाग्यो कि जीवनमा खास परिवर्तन आवश्यक छ ।’ त्यसपछि उनले आफूलाई मनपर्ने कृत्रिम बौद्धिकता(आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी एकल परियोजनालाई अगाडि बढाउने र अधिकांश समय आफ्ना प्रियजनसँग बिताउने निधो गरिन ।
यसैगरी स्लो–मो पोडकास्टका प्रस्तोता तथा लेखक मो गाउडट महामारीपछि धेरै मानिसले जीवनका लक्ष्य र दौडलाई परिवर्तन गर्न चाहेको बताउँछन् । गुगल एक्सको जागिर छाडेका गाउडट महामारीले हामी अजम्बरी छैनौँ भन्ने तथ्यलाई स्मरण गराएको ठान्छन् ।
घरबाटै काम गर्नुपर्ने कारणले जागिरको मजा घटेको र आमनेसामने हुने भेटघाट र व्यावसायिक बैठकले दिने ऊर्जालाई घटाएको बेलफास्टकी लेभिङ्स्टन मान्छिन् । ‘घरैबाट गरिने कामले जागिरको अस्थिपञ्जरलाई उजागर गरेकोछ,’ उनी भन्छिन् । उनी प्रशिक्षण र अन्य सहयोग सामग्रीको अभावमा जागिर निरस भएको ठान्छिन् ।
द स्क्विग्लीकरिअर गाइडकी सहलेखक समेत रहेकी हेलन टुपर महामारीअघि ‘ड्रिम जब’ ठानिएका जागिरका बारेमा समेत मानिसले पुनर्विचार गर्न थालेकाछन् । जागिरमा हुँदा विभिन्न ठाउँको यात्राको अवसर र डिजाइन गरिएको कार्यालय आकर्षक होला तर कामको अर्थको खोजी गर्दा यिनै सुविधा अर्थहीन हुने टुपर बताउँछिन् । सामाजिक अन्तक्र्रिया कम हुँदा र फुर्सदिलो समय बढी हुँदा आठ घन्टा कसरी बिताउने चिन्ता थपिएको छ ।
‘जोखिम केमा छ भने काम यसै भइहाल्छ भन्ने भन्दा कस्ता कामले ऊर्जा दिन्छन् र कस्ताले ऊर्जा लैजान्छन् भन्ने विषय महत्वपूर्ण हुन्छ,’ लेखिका टुपर भन्छिन् । आफूले कुन कुरामा सबैभन्दा राम्रो गर्न सकिन्छ र कस्ता कामले सबैभन्दा बढी आनन्द दिन्छन् भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्ने उनको ठम्याइ छ ।
त्यसो त कोभिड–१९ महामारी सुरु हुनुअघि पनि खास उद्देश्य निर्धारित जागिर र कम्पनीप्रतिको झुकाव धेरैमा आइसकेको थियो । विशेषगरी २१औँ शताब्दीमा परिपक्व भएको पिँढीले तलबभन्दा पनि जागिरको उद्देश्यलाई बढी ध्यान दिएका थिए । तर, महामारी सुरु भएपछि यो सोचझनै प्रगाढ भएकोछ । मानिसहरू नयाँ दिशामा अगाडि बढ्नुअघि त्यो विषयमा प्रशिक्षित हुन चाहेकाछन् ।
लेखक गाउडटका अनुसार महामारीले मानिसलाई जागिरको उद्देश्य र आनन्द खोज्न प्रेरित गरेको छ ।
२८ वर्षीया लुजिया बुचम्यान यसअघि स्विडेनको माल्मोमा रहेको एक इलेक्ट्रिक सर्फबोर्ड कम्पनीमाकाम गर्थिन् । उनले विभिन्न इभेन्ट्सको व्यवस्थापन र दिगो रणनीतिहरू निर्माण गर्नेसम्बन्धी काम गर्थिन् । तर अहिले दिगोपनालाई एक मात्र आफ्नो प्रमुख जिम्मेवारी तोकिएको एक कन्सलटेन्सी फर्ममा उनले जागिर सुरु गरेकी छन् ।
‘पहिलाको जागिरमा समुद्र किनारमा साना जहाजमा म घुमिरहन्थेँ, त्यो सपनाजस्तो वातावरण थियो तर कोरोनापछि मैले कामको उद्देश्य खोजेकी छु । मैले एक कम्पनीको फाइदाभन्दा पनि सामाजिक मूल्यमा के थप योगदान गर्न सक्छु भन्ने महत्वपूर्ण हो,’ उनी भन्छिन् ।
तर, ग्लोबल करिअर विज्ञ अल्डर्सनसबैले नयाँ कम्पनीको खोजी गर्न आवश्यक नभएको ठान्छन् । ‘मानिसले फरक फरक क्षेत्रमा आनन्द लिन सक्छन् । प्रमुख कुरा हामीले कामलाई कसरी लिन्छौँ र यसले कति ऊर्जावान् पार्छ भन्ने हो । अन्ततः आफूले गरेको कामबाट कति गर्व र सन्तोष मिल्छ त्यो महत्वपूर्ण हो ।’
अन्तर्राष्ट्रिय परामर्शदाता फर्म म्याकेन्सीले हालै गरेको एक अध्ययनले महामारीले व्यक्तिगत उद्देश्यलाई जागिरको केन्द्रबिन्दुमा ल्याएको देखाएकोछ । जागिरले आफ्ना व्यक्तिगत जीवनको उद्देश्य पूरा गरेको खण्डमा कामको प्रभावकारिता समेत बढ्ने देखिएकोछ ।
अल्डर्सन जागिरबाट पाउने सन्तुष्टि अब प्रमुख विषय रहने ठान्छन् । लेखिका टुपर महामारीले विश्व अर्थतन्त्रलाई थला पारेका कारण आगामी १२ महिना तलब वृद्धिको अपेक्षा र पदोन्नतिको आशा गर्नकठिन हुने तर्क गर्छिन् । तर उनी घरभित्रै रहेर गरिने काम र उद्देश्यसहितका कामका खोजीले थप र फरक स्थानमा मानिसले जागिर पाउन सक्ने ठान्छिन् ।
‘तलबर पदोन्नतिभन्दा रोजगारदाताबाट पाउने अन्य मूल्यको खोजी महत्वपूर्ण हुन सक्छ,’ उनी थप्छिन् ।
बेलफास्टकी लेभिङ्स्टन यसअघिको यातायात क्षेत्रको जागिर छाडेपछि जनस्वास्थ्य सेवा दिने एक परियोजनामा परियोजना व्यवस्थापकको जागिर पाएकी छन् । तलब पहिलाको कम्पनीको बराबर छ । तर, गैरनाफामूलक क्षेत्रमा काम गर्ने उनको रहर पूरा भएको छ ।बीबीसी
प्रकाशित: १ पुस २०७७ ०५:२८ बुधबार