नेपालमालामो समयदेखि क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि करिब ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान रहँदै आएकामाहालै सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण (क्षयरोग विस्तारको अवस्था पत्ता लगाउन गरिनेसर्वेक्षण) को नतिजाले वार्षिकरूपमा करिब ६९ हजार थपिने भनी नयाँ अनुमान प्रस्तुत गरिदिएको छ। यसको अर्थ हामीले जति क्षयरोगको समस्या नेपालमा छ भनेका थियौँं त्योभन्दा निकै बढी छ है भनी नयाँ सर्वेक्षणले भनिदियो। तरराष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदनअनुसार एक वर्षमा ३२ हजार ४३ क्षयरोगका नयाँ बिरामीमात्र दर्ता हुन आएको देखिन्छ। यस तथ्यलेके देखायो भने नेपालमा करिब ५४ प्रतिशत बिरामीसरकारी तथ्यांकअनुसार पत्ता नै लागेका छैनन्, पत्ता नलागेपछि उपचार पाउने कुरै भएन। पत्ता नलागेका बिरामीले नै नयाँ मानिसलाई रोग सार्ने भए, अनि क्षयरोग झन् फैलने भयो। त्यसकारण यति ठूलो अनुपातमा क्षयरोगका बिरामी पत्ता नलाग्नु ठूलो स्वास्थ्य समस्या देखियो भने यसलाई तीव्र गतिमा घटाउनु गम्भीर चुनौतीका रूपमा खडा हुन आयोे।
क्षयरोगको विश्व र नेपाल चित्र
विश्व स्वास्थ्य संगठनको सन् २०२० को प्रतिवेदनले मानिसको मृत्युको प्रमुख दश कारणमध्येक्षयरोग एक रहेकोे बताएको छ। विश्वमा बर्सेनि एक करोडभन्दा बढी क्षयरोगका नयाँ बिरामीथपिने तथा १४ लाखभन्दा बढी मानिसको मृत्यु यस रोगबाट हुने गरेको छ भने २ लाखभन्दा बढी मानिसमा औषधि प्रतिरोधी क्षयरोग देखापरेको अवस्था छ। औषधि प्रतिरोधी क्षयरोगीलाई क्षयरोगका प्राथमिक भनिने सामान्य औषधिले सन्चो नपार्ने मात्र होइन, दोस्रोखालका कडा औषधि तिनले अलि लामो समय खानुपर्ने हुन्छ।
राष्ट्रिय क्षयरोग कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो।नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोगविहीननेपाल (दश लाख मानिसमा एक भन्दा कम क्षयरोगका बिरामी)बनाउने परिकल्पना गरेको छ। नेपाललगायत विश्व स्वास्थ्य संगठनका अन्य सदस्य राष्ट्रलेक्षयरोग अन्त्यगर्ने रणनीतिअवलम्बन गरी सन् २०३० सम्ममा क्षयरोगको महामारीको अवस्था रहन नदिने लक्ष्य लिएका छन्। यसैगरी क्षयरोगबाट हुने मृत्युदर सन् २०१५ को तुलनामा सन् २०३० मा ९० प्रतिशतले घटाउने, नयाँ बिरामी हुने दर ८० प्रतिशतले घटाउने तथा क्षयरोगबाट हुने पारिवारिक खर्च दर शून्यमा झार्ने लक्ष्य पनि राखेका छन्।
विश्वमा बर्सेनि एक करोडभन्दा बढी क्षयरोगका नयाँ बिरामीथपिने तथा १४ लाखभन्दा बढी मानिसको मृत्यु यस रोगबाट हुने गरेको छ ।
हुँदै आएका प्रयास
क्षयरोग कार्यक्रमविभिन्न चरण पार गर्दै आजको यो अवस्थामा आइपुगेको छ। क्षयरोग नियन्त्रण प्रयासको क्रम सन् १९३७मा क्षयरोगका बिरामीहरूको उपचारका लागि टोखा स्यानेटोरियमको स्थापनाबाट सुरु भई सन्१९५१ मा केन्द्रीय छाती रोग क्लिनिक (सेन्ट्रल चेस्ट क्लिनिक) हुन पुग्यो भने सन् १९६५ मा क्षयरोग नियन्त्रण कार्यक्रम १९८९ मा थालनी भयो। यसअन्तर्गत केन्द्रीय तहमा समग्र कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ क्षयरोग नियन्त्रण केन्द्र स्थापना भयो। यसले सन् १९९४ बाट पाइलट कार्यक्रम सुरु ग-यो भने सन् १९९६ बाट चरणबद्धरूपमादेशैभरि विस्तार गरिएको डट्स (स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने) विधिप्रभावकारी ढंगले कार्यान्वयन गरकाले क्षयरोग कार्यक्रमले ठूलो फड्को मारेको तथ्यांकले देखाउँछ। साथै जिल्ला र साविक क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा क्षयरोग र कुष्ठरोग कार्यक्रम हेर्ने छुट्टै क्षयकुष्ठ सहायकको व्यवस्थासमेत थियो।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गुणस्तरीय क्षयरोग निदानका साथै प्रभावकारी उपचार सेवाको पहुँचमा वृद्धि गरी राष्ट्रिय क्षयरोग कार्यक्रमको लक्ष्य प्राप्तिका लागि पञ्चवर्षीय रणनीतिक योजना (सन २०१६–२०२१) ले मार्गनिर्देशन गरेको छ। केन्द्रले क्षयरोगका बिरामीको रोग निदान तथा निःशुल्क औषधि उपचारको व्यवस्थापनगर्दै/गराउँदै आइरहेको छ। राष्ट्रिय क्षयरोग कार्यक्रमले उच्च जोखिममा भएका व्यक्ति र समुदायसम्म गुणस्तरीय निदान र उपचार सेवाको पहुँचमा वृद्धि गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न ६ सयभन्दा बढी माइक्रोस्कोपी केन्द्र र ७० भन्दा बढी स्वास्थ्य संस्थामा जिन एक्सपर्ट मेसिन (अत्याधुनिक प्रविधि)बाट रोगनिदान सेवा दिइरहेको छ। यसका साथै क्षयरोग नियन्त्रण केन्द्र र जेनेटप÷नाटा कालिमाटीले कल्चर तथा औषधिको संवेदनशीलता टेस्ट गर्ने सेवा दिइरहेका छन्। यसैगरी ४ हजार भन्दा बढी डट्स केन्द्र, २१ स्थानमा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीका लागि उपचार केन्द्र तथा ७ स्थानमा होस्टल(बिरामीले उपचारका लागि बस्ने आश्रयस्थल) सञ्चालनगर्दै आइरहेका छन्।
संघीयता कार्यान्वयन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रही क्षयरोग नियन्त्रण केन्द्रलेक्षयरोगसम्बन्धी नीति, रणनीति, प्रोटोकल तथा निर्देशिका तैयारी गर्ने, वार्षिक बजेट कार्यक्रम तयार गर्ने र कार्यक्रम कार्यान्वयनका लागि विभिन्न तहसँग समन्वय गर्ने,सर्वेक्षण अध्ययन तथा अनुसन्धान गर्ने,सुपरीवेक्षण तथा पृष्ठपोषण प्रदान गर्ने, क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने, औषधि तथा अन्य सामग्रीको अनुमान, खरिद तथा वितरणको व्यवस्थापन गर्ने जस्ता महŒवपूर्ण कार्य सञ्चालन गर्दै आइरहेको छ।
चुनौती
कोभिड–१९ महामारीका कारणलेप्रभावित क्षयरोग कार्यक्रमलाई प्रभावकारी बनाउनु,क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको क्षयरोगका नयाँ बिरामीमध्ये पचास प्रतिशतभन्दा बढी बिरामी पत्ता लगाउनु, वृद्धि हुँदै गइरहको औषधि प्रतिरोधी क्षयरोगका बिरामीहरुपत्ता लगाई उपचारमा ल्याउनु बिरामीमैत्री सेवा प्रदान गर्नु, सबै तहसँग समन्वय तथा सहजीकरणलाईप्रभावकारी बनाउनु, दक्ष मानव स्रोतको कमी भएको अवस्थामा कर्मचारीको क्षमता अभिवृद्धि गर्नु,कार्यक्रमको प्रभावकारी सुपरीवेक्षण, अनुगमन,मूल्यांकन तथा पृष्ठपोषण प्रदान गर्नु,निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरेको सेवाको अनुगमन तथा नियमन गर्नुका साथै स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा अनिवार्य प्रतिवेदन गराउनु जस्ता प्रमुख चुनौती छन्,।
गर्नुपर्ने कार्य
सक्रिय खोज पड्तालद्वारा समुदायमालुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउने, क्षयरोग प्रयोगशाला प्रणालीलाई सूदृढीकरण गर्ने,बिरामीमैत्री सेवा प्रदानका लागि समन्वय, सहकार्य गर्ने, क्षयरोग कार्यक्रममा सम्बन्धित स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, सन्देशमूलक श्रव्य, श्रव्य–दृश्य तथा दृश्य सामग्रीहरूद्वारा क्षयरोग रोकथाम, नियन्त्रण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, अध्ययन÷अनुसन्धान कार्यलाई अझ प्राथमिकता दिने, नियमित र प्रभावकारी सुपरीवेक्षण तथा अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने, क्षयरोग सेवा सुनिश्चित गर्न सबै तह तथा अन्य सरोकारवाला निकायसँग नियमित समन्वय बैठक तथा छलफल कार्यक्रम गर्ने, क्षयरोग कार्यक्रमको सूचना व्यवस्थापन प्रणालीलाई एकीकृत तथा डिजिटलाइज्ड गर्ने, सर्भेलेन्स प्रणालीलाई अझ थप प्रभावकारी बनाउने जस्ता महत्वपूर्ण क्रियाकलाप सञ्चालन गरी क्षयरोग कार्यक्रमलाई थप गुणस्तरीय एवं बिरामीमैत्री बनाई अन्तराष्ट्रिय मञ्चहरूमा गरेका प्रतिबद्धता हासिल गर्ने लक्ष्यका साथ क्षयरोग कार्यक्रम अगाडि बढाउनुपर्ने देखिन्छ।
अन्त्यमा
सबै तहका स्वास्थ्य संस्थाबाट छिटोछरितो तथा गुणस्तरीय क्षयरोगसम्बन्धी सेवा प्रवाहका लागि उक्त कार्यक्रमसँगसम्बन्धित कर्मचारीको क्षमता विकास गर्नुका साथै कार्यक्रमको प्रभावकारीसुपरीवेक्षण, अनुगमन तथा मूल्यांकन गरी पृष्ठपोषण प्रदान गर्नजरुरी देखिन्छ। साथै कोभिड–१९ द्वारा सिर्जित चुनौतीलाई अवसरकारूपमा लिँदैंक्षयरोग कार्यक्रलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेपालको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकसुनिश्चितता गर्न सकेमा मात्रसन् २०५० सम्ममा क्षयरोगविहीन नेपाल बनाउने परिकल्पना साकार पार्न सकिनेछ।
(वरिष्ठ जनस्वास्थ्य अधिकृत)
प्रकाशित: १९ मंसिर २०७७ ०५:०७ शुक्रबार