चट्याङ जुनसुकै बेला देखापर्दैन। यो आकाशमा क्युमलोनिम्बस नामको एक किसिमको बादल निर्माण हुने बेलामात्र देखापर्ने गर्छ। सामान्यतया गर्मीयाममा प्रचण्ड घामले पृथ्वीको भूसतह अत्यधिक मात्रामा तात्ने बेला संवाहन प्रक्रियाबाट यो बादल उत्पत्ति हुनेगर्छ भने यसको निर्माण प्रक्रियाअनुरूप यो बादल आकाशको माथिल्लो तहसम्म फैलिने गर्छ। भूमध्य रेखातिर यो बादल समयानुसार गर्मीयाममा ३०–४० किलोमिटर वा सोभन्दा माथिसम्म फैलिने गर्छ भने अन्य स्थानमा त्योभन्दा तल हुन्छ। यसरी यो बादल आकाशको धेरै माथिसम्म फैलिने हुनाले यसकोे माथिल्लो भाग अत्यन्त चिसो भई त्यहा" बरफको टुक्रा, हिउ", असिना उत्पन्न भइरहेको हुन्छ भने तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा भइरहेको हुन्छ। यो बादल संवहन प्रक्रियाबाट उत्पत्ति हुने हु"दा यसभित्र जोडले हावा तल–माथि चलिरहन्छ। यसरी बादलभित्र हावा तल–माथि चलिरहने कारणले यस बादलभित्र रहेको पानीको थोपा, बरफ, हिउ", असिना आदि एकापसमा घस्रन थाल्छ, जसले गर्दा बादलभित्र घनात्मक र ऋणात्मक चार्ज विकशित हुनथाल्छ। बादलभित्र यसरी विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण हो। र, यिनै चार्जहरूबीचको आकर्षण र सम्पर्कले आकाशमा बिजुली चम्किन्छ।
यसरी बिजुली चम्कने बेला बायुमण्डलमा अत्यधिक मात्रामा ताप शक्ति पैदा भई क्षणभरमै बायुमण्डल आकस्मिक रूपमा तात्न थाल्छ। वैज्ञानिक अध्ययनअनुसार आकाशमा एकचोटी बिजुली चम्कने बेला बायुमण्डलीय तापमान एक्कासी बढेर २५रू३० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ भने एक चोटी चट्याङ पर्ने बेला २० हजार अम्पायर वा सोभन्दा बढी करेन्ट उत्पत्ति हुनेगर्छ। आकस्मिकरूपमा क्षणभरमै बायुमण्डलीय तापमान यत्ति धेरै बढ्ने कारण त्यस क्षेत्रको बायु एक्कासी तातेर आयतन बढ्न थाल्छ। र, यस्तो परिस्थितिमा एक किसिमको विस्फोटनको आवाज निस्कन थाल्छ, जसलाई मेघ गर्जन भनिन्छ। यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुका साथै मेघ गर्जनको आवाज सुनिने गर्छ । यही बेला बादलभित्र चलिरहेको हावा जब बादलबाट बाहिर निस्कन थाल्छ तब पृथ्वीको सतहतिर हुरी, बतास चल्न थाल्छ। त्यस्तै, बादलबाट भारी वर्षा हुनुको साथै हिउ", असिना झर्न थाल्छ।
सुरुमा चट्याङ आकाशको माथिल्लो भागमा मात्र पर्ने गर्छ। यस्तो चट्याङको प्रभाव डरलाग्दो हुँदैन। यस्तो चट्याङबाट भौतिक तथा मानवीय क्षति हु"दैन। तर, जब आकाशमा छिटोछिटो बिजुली चम्किने र क्षणक्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको खतरा बढ्न थाल्छ। यहीबेला आँधी चल्न थाल्यो र मुसलधारे वर्षा हुन थाल्यो भने चट्याङको खतरा झन् बढ्न थाल्छ। किनभने, बादलबाट निस्कने हुरी, बतास र वर्षास"गै विद्युतीय चार्ज पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रवाहित हुन थाल्छ। अर्थात् हुरी, बतास र वर्षास"गै विद्युतीय धार आकाशबाट भूसतहतिर प्रवाह हुन थाल्छ। यस्तो बेला बिजुलीको धारको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणीलाई करेन्ट लाग्ने डर हुन्छ। तसर्थ, यस्तो बेला पानीमा भिज्ने व्यक्ति वा जो कोहीको करेन्ट लागेर क्षणभरमै ज्यान जाने सम्भावना रहन्छ। त्यसैले हुरी, बतासस"गै पानी परेर चट्याङ परिरहेको बेला खुल्ला आकाशमुनि बाहिर निस्कनु खतरनाक हुन्छ। तर, पानी रोकिइसकेपछि भने चट्याङको डर हु"दैन।
चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकोलेे उच्च पहाडी भेगमा चट्याङ पर्न सक्ने सम्भावना बढी रहन्छ। त्यही कारण पहाडको उच्च स्थानमा निर्मित घर, टहरा, गोठ आदि चट्याङको पहिलो निशाना बन्ने डर हुन्छ। त्यस्तै, अग्ला घर तथा रुखहरू चट्याङको तारो बन्न सक्ने खतरा हुन्छ। रुख भिज्ने हुनाले त्यसमा छिटो करेन्ट प्रवाह हुन्छ र चट्याङको डर बढी हुन्छ। चट्याङको कारण रुख ढल्ने, चिरा पर्ने र करेन्ट लाग्न सक्ने हुनाले रुखमुनि ओत लिनु खतरा हुन्छ। त्यस्तै, बिजुलीको खम्बामुनि बस्दा पनि करेन्ट लाग्ने डर हुन्छ। चट्याङ परेर पानी परिरहेको बेला खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुंगा चलाउनु डरलाग्दो हुन्छ। चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुने भएकोले त्यस्तो बेला फलाम वा धातु हातमा लिइ हिँड्डुल गर्नु वा खेतमा काम गर्नु खतरनाक हुन्छ। साथै, अग्ला घरको छाना वा कौसी सजाउन प्रयोग हुने जस्तापाता, स्टिल पाइप वा फलामले पनि चट्याङको खतरा बढाउने डर हुन्छ। चट्याङ परिरहेको बेला टेलिभिजन, एयरकन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु पनि जोखिमपूर्ण हुन्छ।
चट्याङबाट बच्ने उपाय
चट्याङबाट बच्ने सबैभन्दा उत्तम उपाय घरभित्र बस्नु हो। पक्की घर र त्यसमा पनि छानामा लाइटनिङ एरेस्टर लगाएको घर अति उत्तम मानिन्छ। घरबाहिर हो भने गाडीभित्र झ्याल–ढोका बन्द गरी बस्नु उचित हुन्छ। मोटरको टायरले विद्युतीय धारलाई भूसतहसँगको संसर्गबाट अलग्याउने भएकोले चट्याङको असर पर्दैन। तर, चट्याङ पर्ने बेला खुल्ला स्थानमा कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नु उचित हुन्छ। भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नु हुँदैन। यसले चट्याङको खतरा झन् बढ्न सक्छ।
प्रकाशित: ७ आश्विन २०७२ २१:०३ बिहीबार