रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ।
युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो।
निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ।
यस द्वन्द्वमा सयौं हजार मानिसहरूको मृत्यु भएको छ। पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्र दर्ता भएका छन्।
मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरेको छ। रुसमा थोरै मानिसहरूले मात्र पुटिनको युनाइटेड रसिया पार्टी फेरि सहजै विजयी हुनेमा शङ्का गर्छन्। तर यो चुनाव क्रेमलिनका लागि युक्रेन युद्धप्रति जनसमर्थन नाप्ने अवसर हो।
यस वर्ष युद्धका प्रभावहरू पहिलेभन्दा बढी घरेलु रूपमा महसुस भएका छन्। लडाइँको गम्भीर स्मरणका रूपमा मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार भने, ‘रुसले राजधानीतर्फ आउने दर्जनौं युक्रेनी ड्रोनहरू नष्ट गरेको छ।
युक्रेनको स्थानीय समयअनुसार सेप्टेम्बरको १७ साँझ ८ बजेदेखि १८ सेप्टेम्बरको बिहान ७ बजेसम्म मस्को क्षेत्रतर्फ ३५० भन्दा बढी ड्रोन उडेका थिए,’ उनले टेलिग्राममा लेखेका छन्।
आक्रमणका लागि पठाइएका ती अधिकांश ड्रोनहरू बाहिरी रक्षा परिधिमा नष्ट भए र केही ६४ वटा शहर नजिक आइपुग्दा केही निष्कृय गरिएको थियो।
ड्यूमा अर्थात् रुसको तल्लो सदनका ४५० सिटका लागि नयाँ जनादेश लिन भएको मतदान आइतबारसम्म चल्नेछ।
नेता पुटिनले सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यादेखि रुसमा शासन गरिरहेका छन् र उनको युनाइटेड रुसिया पार्टीले सन् २००० को दशकको सुरुदेखि रुसी राजनीतिमा प्रभुत्व जमाएको छ।
मस्कोले युक्रेन अभियानको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र क्रेमलिनद्वारा कडा नियन्त्रित रुसी चुनावले थोरै आश्चर्य ल्याउँछ भन्ने विश्लेषकहरूको बुझाइ रहेको छ।
‘पुटिनका लागि भावनात्मक रूपमा महत्वपूर्ण’ मानिने युनाइटेड रसियाले पुटिनका अधिकांश नीति र युक्रेन युद्धलाई समर्थन गर्ने दलहरू रसियन कम्युनिस्ट पार्टी, राष्ट्रवादी एलडीपीआर, अ जस्ट रसिया र न्यू पिपलसँग मात्र प्रतिस्पर्धा गर्दैछ। यसका प्रमुख व्यक्ति लेभ श्लोस्बर्गलाई युद्धको आलोचना गरेको आरोपमा जेल हालिएको छ।
प्रकाशित: २ आश्विन २०८३ १२:४३ शुक्रबार