प्रवास

पोर्चुगलमा नेपालीहरूको आवास अनुमति पत्र खारेज

नेपालमा भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्केपछि नेपालमाथि विभिन्न देशहरूले रोक लगाउन थालेका छन्।

युएईले वर्किङ र पर्यटन दुवै भिसा रोकेको छ। दक्षिण कोरियाले पनि ई–७ भिसा रोकेको छ। यसबिच पोर्चुगलले समेत आवास अनुमति पत्र लिएर देश बाहिर जान नेपालीलाई रोक लगाएको छ। भारतले पनि सीमामा कडाइ गरेको छ। 

देश छोड्न नपाउने भएपछि दशैं मनाउन हिँडेका नेपाली अफ्ट्यारोमा परेका छन्। बुधबार १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो। यसमा केही नेपाली पनि छन्।

प्रकाशित: २ आश्विन २०८२ १०:३१ बिहीबार