'यो मेरो पहिलो दिन थियो र म नर्भस अनुभव गर्दैछु', विलियमको भनाइ उदृत गर्दै चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ, 'तर म काम सुरु गर्न परिलक्ष्यित छु।'
उनले आफ्नो कामका लागि धेरै मिहिनेत र धैर्य जरुरी भएको उल्लेख गरेका छन्। 'तर म यहाँ कामका लागि आएको हुँ। र म त्यो कामप्रति लक्ष्यित छु।'
सोमबार बिहान ७ बजेदेखि उनको ड्युटी छ। युवराज विलियम्सको पहिलो सिफ्ट बिहान ७ बजेदेखि साढे ९ बजेसम्म दिनसम्म हुनेछ। चार दिन उनको विदा हुनेछ। सुरुमा उनले कोपाइलटको भूमिका निर्वाह गर्नेछन्। आवश्यक निर्धारित घण्टा जहाज उडाइसकेपछि उनी पाइलट हुनेछन्।
उनले आफ्नो कामबाट भएको कमाइ दान गर्ने जनाएका छन्।
प्रकाशित: २८ असार २०७२ १०:०२ सोमबार