अन्तर्राष्ट्रिय

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन्। महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुबै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छन्।

दुबै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे। त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। 'युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,' सहायक प्रवक्ता कानेकोले भने। गत मंगलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुबै पक्षलाई अनुरोध गरेका थिए।

उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुबै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्ने भएका छन्। युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १० वैशाख २०७९ ११:२७ शनिबार

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस रुस र युक्रेन राष्ट्रपति भ्लादिमिर पुटिन विदेश मन्त्री सेर्गेइ लाभ्रोभ राष्ट्रपति भोलोदीमिर जेलेन्स्की