अन्तर्राष्ट्रिय

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्र्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेरिएको थियो। स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।  

सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब  दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो। 

प्रकाशित: २ माघ २०७८ ०८:५६ आइतबार