अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा गोली चल्याे, तीन जनाको मृत्यु

घटनास्थल। तस्बिर : एजेन्सी

वासिङटन - अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएकाे छ। 

मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेकाे बताइएकाे छ। घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ। लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए। 

प्रकाशित: २१ पुस २०७५ १२:०९ शनिबार

अमेरिका लस_एन्जल्स गोली