जुहाई- चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।
समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियाे।
एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने– मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु। उनको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ। बुधवारदेखि सर्वसाधारणका लागि खुल्ला हुनेछ।
अर्बौँ डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङ्कङ, चीन र मकाउबीचको व्यापारमा बृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ।
उनका अनुसार पुललार्इ भूकम्प र समुद्री आँधी प्रतिरोधात्मक संरचनामा बनाइएको छ। पुलको कुल लम्बाई मध्ये ३० किलोमिटर समुद्रमाथि पर्छ। पुलको मार्गमा दुई ठाउँमा कृत्रिम आइल्याण्ड बनाइएको छ।
भिडियाेः