अन्तर्राष्ट्रिय

प्यासिफिक महासागरमा विमान दुर्घटना, सबैको सकुशल उद्दार

तस्बिर : राेयर्टस

विलिङ्गटन– प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

पपुवा न्यु गिनीबाट उडेको एयर न्यु गिनीको विमान माइक्रोनेसियास्थित चुक टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलका अधिकारीका अनुसार विमान अवतरणका क्रममा चिप्लिएर पानीमा गएको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन्। 

चुक विमानस्थलका म्यानेजर जिम्मी इमिलोका अनुसार विमान धावनमार्गबाट चिप्लिएर करिब १५० मिटर परसम्म पुगेको थियो। 

प्रकाशित: १२ आश्विन २०७५ ०५:३७ शुक्रबार

प्यासिफिक_महासागर विमान_दुर्घटना सकुशल_उद्दार