अन्तर्राष्ट्रिय

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

बर्लिन- जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथि अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन्। 
अपहरण सम्वन्धी मुद्धामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन्। 

अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए। 

उनले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन्। 

प्रकाशित: १२ आश्विन २०७५ ०५:३१ शुक्रबार

प्रहरी_प्रमुख जर्मन बलात्कार