अन्तर्राष्ट्रिय

डब्लुटिओको सदस्यता त्यग्ने ट्रम्पकाे चेतावनी

फाइल तस्बिर

 न्युयाेर्क-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापार संगठन(डब्लुटिओ)को सदस्यता त्यग्ने चेतावनी दिएका छन्। एक अन्तरवार्तामा ट्रम्पले डब्लुटिओले अमेरिकालाई भेदाभाभ गरिरहेको र त्यस्तो व्यवहार नसच्चिए अमेरिका उक्त संगठनबाट बाहिरिने चेतावनी दिएका हुन्।

अन्तर्राष्ट्रिय व्यापारका नियम निर्धारण र विवाद समाधानको नेतृत्वदायी भूमिकामा रहेको डब्लुटिओ स्थापनका लागि सन् १९९४मा बनेको संभौतालाई ट्रम्पले हालसम्मकै खराब भएको टिप्पणी गर्दै आएका छन्।

डब्लुटिओबाट बाहिरिने अमेरिकी चेतावनी संगै व्यापारमा अमेरिकी संरक्षणवादी नीति र डब्लुटिओको खुला व्यापार प्रणालीबीचको द्वन्द्व सतहमा आएको छ।

यसअघि अमेरिकाले डब्लुटिओको विवाद समाधान प्रणालीको नयाँ न्यायधीश नियुक्ति प्रकृयामा अवरोध गर्दै आएको छ। उता अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लिट्जरले डब्लुटिओले अमेरिकी सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएका थिए।

 

प्रकाशित: १५ भाद्र २०७५ ०६:१५ शुक्रबार

डोनाल्ड_ट्रम्प डब्लुटिओ