अन्तर्राष्ट्रिय

कोरियाली प्रायद्धिपलाई आणविक निशस्त्रीकरण गर्न सहमत

काठमाडौं- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले एक सहमति पत्रमा हस्ताक्षर गर्दै अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्वन्ध स्थिपित गर्ने बताएका छन्। दुई नेता कोरियाली प्रायद्धिपलाई आणविक निशस्त्रीकरण गर्न सहमत भएका छन्।  

अमेरिका र उत्तर कोरियामा कोरियाली प्रायद्धीपमा स्थायी शान्तिको लागि प्रयासरत रहेने समेत प्रतिवद्धता जनाएका छन्। पान्मुन्जोम घोषणापत्रमा दुवै नेता प्रतिवद्ध रहँदै निशस्त्रीकरणको काम सुरु गर्ने प्रतिवद्धता जनाइएको छ। उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेपछि अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने समेत सहमतिमा उल्लेख छ।

यस्तै दुवै देशका युद्धबन्दी रिहाई गर्नेमा समेत प्रतिबद्धता जनाइएको छ। लामो समयदेखिको शत्रुतापूर्ण सम्वन्धलाई विटमार्दै वार्ता शुरु हुनु दुई देशका लागि नयाँ भविष्यको सुरुवात भएको जनाइएको छ।

अमेरिका–उत्तर कोरिया शिखरवार्ताको परिणामलाई छिटो भन्दा छिटो लागु गर्ने तर्फ दुवै देश लाग्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०८:३३ मंगलबार

कोरियाली प्रायद्धिपलाई आणविक निशस्त्रीकरण गर्न सहमत