अन्तर्राष्ट्रिय

किम - मुनबीच ऐतिहासिक वार्ता

तस्विर : एजेन्सी

साेल - अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ – उन उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका छन्।

 नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भएकाे छ।

सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन्। उत्तर कोरियाले आणविक हतियार छाड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता भएकाे हाे। किमको सम्मानका लागि दक्षिण कोरियाली सैनिकले सलामी ठाेकेका छन्।

 

प्रकाशित: १४ वैशाख २०७५ ०१:०४ शुक्रबार

किम - मुनबीच ऐतिहासिक वार्ता