अन्तर्राष्ट्रिय

आफ्नो देशको ब्यापारिक हितको रक्षा गर्छौं

नियाँ सामानमा ६० अर्बसम्मको ट्यारिफ लगाउने निर्णयमा हस्ताक्षर गरेपछि हस्ताक्षर देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : एजेन्सी

बेइजिङ – चिनियाँ उत्पादनमाथि उच्च कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाप्रति प्रतिक्रिया जनाउँदै चीनले आफ्नो देशको व्यापारिक हितको बचाउ गर्न सक्षम रहेको अमेरिकालाई चेतावनी दिएको छ।

चीनका उपप्रधानमन्त्री ल्यू ही र अमेरिकी आर्थिक मामिला मन्त्री स्टेभन मनुसिनबीच भएको टेलिफोन संवादमा बेइजिङको यस्तो प्रतिक्रिया आएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्मको कर लगाउने घोषणा गरेपछि दुई देशबीचको विवाद बढेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्मको कर लगाउने घोषणा गरेपछि दुई देशबीचको विवाद बढेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पको त्यस्तो कदमले विश्वबजारमा तरंग पैदा भएको छ र व्यापारिक युद्ध हुनेसक्ने भय उत्पन्न भएको छ। 

मनुसिनसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङका शीर्ष आर्थिक सल्लाहकारसमेत रहेका उपप्रधानमन्त्रील्यूले बेइजिङ आफ्नो राष्ट्रिय हितको रक्षा गर्न तयार भएको तर दुवै पक्षले विवेकको प्रयोग गर्ने र सहकार्य गर्नेप्रति आशा पनि रहेको विचार व्यक्त गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उधृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत साताको बिहीबार चिनियाँ सामानमा चर्को कर शुल्क लगाइने घोषणा गरे यता दुई देशबीच सबैभन्दा शीर्ष तहमा भएको ठानिएको कुराकानीका क्रममा अमेरिकाले चिनियाँ बौद्धिक सम्पत्तिसम्बन्धी अभ्यासमाथि छानबिन गरेर अन्तर्राष्ट्रिय व्यापारिक नियमको उल्लङ्घन गरेको आरोपसमेत चिनियाँ उपप्रधानमन्त्री ल्यूले लगाएको सिन्ह्वाले जनाएको छ।

शक्तिशाली अर्थतन्त्र भएका विश्वका दुई शक्तिशाली देशबीचको व्यापारसम्बन्धी तनाव जारी नै रहेका बेला विश्व व्यापार संगठनका निर्देशक रोबर्टो आजभेइडुले नयाँ व्यापार बन्देजले ‘विश्व अर्थतन्त्रलाई जोखिममा पार्ने’ भन्दै चेतावनी दिएका छन्।

यसैबीच राष्ट्रिय उत्पादक र व्यापारीलाई फाइदा पु¥याउन चिनियाँ सामानमाथि चर्को कर शुल्क (ट्यारिफ) लगाउने आफ्नो कदमले परिणाम देखाउन सुरू गरिसकेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। ‘अन्य धेरै देशहरुले  समान व्यापारिक सम्झौता गर्न अहिले अमेरिकासँग छलफल गरिरहेका छन्,’ ट्रम्पले गत शुक्रबार बताएका थिए। 

आफ्नो देशमा उत्पादन भएको सामानमा ६० अर्ब डलरसम्म कर शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पले चालेको कदमको बदलामा चीनले भने दैनिक उपभोग्यका सामान र आलमुनियमका सामग्रीमाथि प्रस्तावित ३ अर्ब डलरको कर लगाउने योजना बनाइएको चीनले जनाएको छ।

बेइजिङले अमेरिकाले चालेको व्यापारिक कदमले निम्तने व्यापार युद्धबाट आफू नडराएको तर निरन्तर वार्तामार्फत् त्यस्तो अवस्था आउन नदिनेप्रति आशावादी भएको भन्दै अमेरिकालाई सावधान गराएको सिन्ह्वाले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७४ ०३:१४ आइतबार