अन्तर्राष्ट्रिय

अन्तिम सेतो भाले गैंडाको मृत्यु

केन्या– विश्वको अन्तिम उत्तरी सेतो भाले गैंडा ‘सुडान’ को केन्यामा मृत्यु भएको छ। ४५ वर्षको उक्त दुर्लभ गैंडा विरामी अवस्थामा थियो। उमेरका कारण गैंडाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। वृद्ध अवस्थामा रहेको गैंडा निकै दुब्लो र अशक्त थियो। उक्त गैंडाको वंश संरक्षणको लागि प्रयासहरु भएका थिए। तर ति प्रयासहरु असफल हुँदै आएका थिए।  एक मात्र जीवित यस गैंडालाई हेर्न हजारौको संख्यामा पर्यटकहरु आउने गर्थे। 

यो गैंडा सुडानमा जन्मेको थियो। यसलाई सिज चिडियाखानामा ल्याइएको थियो भने त्यहाँबाट सन् २००९ मा केन्या पठाइएको थियो।

 

प्रकाशित: ६ चैत्र २०७४ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App