अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १४ लडाकू मारिए

लश्कर गाह – अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन्। 

घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार वक्तव्य मार्फत् जानकारी दिएको छ। 

“हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार १४ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। 

प्रकाशित: २६ फाल्गुन २०७४ ०६:४९ शनिबार