अन्तर्राष्ट्रिय

डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने

नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरू सहितको ब्रिटिस फेसन प्रदर्शनी हुने भएको छ।

आगामी सेप्टेम्बर ९ देखि २०२४ को ७ जनवरीसम्म प्रदर्शनी हुन लागेको हो। बेलायती फेसन शैलीको विकास, राजपरिवारदेखि आधुनिक फेसन आइकनहरूको प्रदर्शनी हुने बताइएको छ। त्यस्तै प्रदर्शनीमा प्रख्यात ब्रिटिस डिजाइनरमध्ये एक भिभियन वेस्टवुडका डिजाइनहरू पनि प्रदर्शनीमा राखिने बताइएको छ।राजकुमारी डायनाको वार्डरोबका कपडाहरू प्रदर्शनीमा देख्न पाइने बताइएको छ।

प्रकाशित: २२ भाद्र २०८० १०:५१ शुक्रबार

डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने