अन्तर्राष्ट्रिय

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्। आइतबार र सोमबार गरिएको सैनिक कारबाहीका क्रममा मेजर शुक्र सेमीनसहित ११ जनालाई पक्राउ गरेको टर्की सरकारले जनाएको छ।

टर्कीले उक्त सेैनिक कुको प्रयासमा अमेरिकामा रहेको फतुल्लाह गुनेनको हात रहेको आरोप लगाउँदै आएको छ।

 

प्रकाशित: १७ श्रावण २०७३ १०:०६ सोमबार

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ