अन्तर्राष्ट्रिय

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट

फाइल तस्बिर

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन्।

‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिए। थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उनले बताए।

हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन।  

प्रकाशित: १७ पुस २०७९ १०:५६ आइतबार

अफगानिस्तानको राजधानी काबुल बम विष्फोट