स्वास्थ्य

नवलपुरमा जापनिज इन्सेफ्लाइटिस विरुद्धको खोप दिन सुरु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आज (शुक्रबार)देखि एक हप्ता जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन थालिएको छ।

एक हप्तामा जिल्लाका ८ वटै स्थानीय तहका झण्डै डेढ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको परिवार कल्याण महाशाखाले जनाएको छ। 

महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ३५ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई यो खोप दिइनेछ। 

खोप अभियान चैत ५ गतेसम्म चल्नेछ। नवलपुर, चितवन र कैलालीमा जापनिज इन्सेफ्लाइटिसका बिरामी धेरै हुने भएकाले पहिलो चरणमा नवलपुर रोजिएको उनले नागरिकलाई जानकारी दिए।  

प्रकाशित: २९ फाल्गुन २०८२ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App