त्रिवि शिक्षण अस्पताल टिचिङमा दुई जना ट्रान्सम्यानले आफ्नो स्तन निकाल्ने शल्यक्रिया गरेका छन् ।
अस्पतालको प्लाष्टिक सर्जरी विभागले हालै ती ट्रान्सम्यान (प्राकृतिक रुपमा महिला लैगिक रुपमा पुरुष)को स्तन सर्जरी गरेको हो । स्तनको शल्यक्रिया गर्नेमा एक जना उपत्यका बाहिरका र एक जना उपत्यका भित्रकै छन् ।
ट्रान्सम्यान बन्न लिंग परिवर्तन गर्ने माग भएपनि जटिल शल्यक्रिया भएकोले हालसम्म यो सेवा अस्पतालले सुरु नगरेको अस्पतालको प्लाष्टिक सर्जरी विभागले जनाएको छ ।
यो अस्पतालमा पहिलो पटक लिंगको शल्यक्रिया गरी महिलाको योनी बनाउने शल्यक्रिया ट्रान्सजेण्डर (पुरुषबाट महिला बन्ने शल्यक्रिया) मा भने भइसकेको छ ।
धेरैजसो ट्रान्सम्यानबाट यो शल्यक्रियाको माग नहुने र नेपालमा हालसम्म यो शल्यक्रिया सुरु पनि भएको छैन । अन्य ट्रान्सजेण्डरले भने पुरुष जस्तो देखिने अङ्ग मध्येमा घाँटीको रुद्रघण्टी सानो पार्ने शल्यक्रिया भने भइरहेको छ ।
‘पुरुषको रुद्रघण्टी ठूलो हुने भएकोले सानो पार्ने शल्यक्रिया गर्न आउँछन’ टिचिङ अस्पतालका वर्न प्लाष्टिक सर्जन डा. जयनमान श्रेष्ठले भने ।
प्रकाशित: १३ कार्तिक २०८२ १६:२१ बिहीबार