निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ।
विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ। अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिने छन्।
उनका अनुसार निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो।
प्रकाशित: ५ भाद्र २०८३ १२:२८ शुक्रबार