औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्कीलाई निमित्त महानिर्देशक नियुक्त गरेकी हुन्। यसअघि मन्त्री मेहताले विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई गत चैत २६ गते मन्त्रालय तानेकी थिइन्।
औषधिको मूल्य निर्धारण प्रक्रियामा कानुनविपरीत काम गरेको आरोप लागेपछि ढकाललाई फिर्ता बोलाइएको हो।
प्रकाशित: २ वैशाख २०८३ १४:५५ बुधबार



