स्वास्थ्य

फरक क्षमता भएका र ज्येष्ठ नागरिकको उपचार गर्न बेग्लै काउन्टर

कपिलवस्तु अस्पतालमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितोसहित उपचारमा सहजताकालागि नयाँ कामको सुरुवात गरेको छ ।  

ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना गरिएको हो । अब टिकट काटन तिनीहरुलाई पिंक कलरको काउन्टरमा टिकटसमेत पिंक कलर कै दिने गरी प्रबन्ध गरिएको हो । यो प्रावधानले अब ज्येष्ठ नागरिक र अपांगहरु टिकट र उपचारमा लाईनमा बस्न पर्ने बाध्यता हटेको छ ।  

अस्पतालले सञ्चालनमा ल्याएको पिंक कलरको काउन्टर र जारी गरेको सूचना

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितो सेवा दिन यो व्यवस्था मिलाइएको बताए । टिकटदेखि उपचारमा अब तिनीहरुलाई  प्राथमिकता दिईने उनले बताए ।  

बिरामीहरुको उपचारलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको उनले बताए । अस्पतालको यो प्रावधानले उपचारमा आएका ज्येष्ठ नागरिक र अपांगता भएका सेवाग्राही खुशी भएका छन् ।

प्रकाशित: १ मंसिर २०८२ १५:१० सोमबार