स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल,रजिस्ट्रारमा डा. श्याम लम्साल,डिनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले नियुक्तिपछि बिहीबार मन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रकाशित: १८ भाद्र २०८३ १७:५३ बिहीबार