स्वास्थ्य

राष्ट्रिय स्वर्ण प्रशान सेवा सुरु

राष्ट्रिय स्वर्ण प्रशासन सेवा सुरु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सुदूरपश्चिमको धनगढीबाट उद्घाटन गरेका हुन् । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आयोजित  विशेष समारोहमा बालबालिकालाई स्वर्ण प्राशन खुवाएर  राष्ट्रिय स्वर्ण प्राशन कार्यक्रमको औपचारिक रुपमा सुरु गरेका हुन ।  

स्वर्णप्रशासन सेवासँगै नेपालको परम्परागत आयुर्वेद चिकित्सा पद्धतिको वैज्ञानिक रुपमा पुनर्जागरण गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलले बताए । उनले भने,‘ स्वर्ण प्रशासन नेपालको आयुर्वेद चिकित्सामा पहिलादेखि नै अभ्यासमा रहेको र यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुग्ने भएकोले यो सेवालाई राष्ट्रिय कार्यक्रममा समावेश गरेका हौँ। हाम्रा बालबालिकालाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन यो कार्यक्रम निरन्तर समावेश गर्नेछ।’ निरोगी पुस्ता तयार गरी निरोधात्मक र उपचारात्मक सेवामा अघि बढ्ने उनले बताए ।  

केन्द्रीय आयुर्वेद विभागका निर्देशक डा। श्याम बाबु यादवको अनुसार स्वर्ण प्राशन आधुनिक तथा वैकल्पिक चिकित्सा प्रणालीमा प्राचीन विधि हो । यसमा प्रयोग हुने प्रशोधन स्वर्ण भष्मले शरीरको प्रतिरोधात्मक क्षमता बिकास गर्छ भने ब्राम्हण घृतले स्नायुहरूको रक्षा गरी स्मरण शक्ति वृद्धि गर्छ  । भष्ममा मिश्रित शुद्ध मह प्राकृति जीवाणुरोधी तत्त्व हो । जसले संक्रमणबाट बचाउँछ। 

प्रकाशित: ५ भाद्र २०८२ १३:४७ बिहीबार