स्वास्थ्य

सुर्तीजन्य पदार्थको लत त्याग्न मन्त्रालयले ल्यायो हेल्प लाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्शका लागि हेल्प लाइन सञ्चालनमा ल्याएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हेल्प लाइनको शुभारम्भ गरेका हुन्। परामर्श लिनका लागी ११२३ मा सम्पर्क गर्न सकिनेछ। 

प्रकाशित: २० भाद्र २०८२ १८:३५ शुक्रबार