स्वास्थ्य

लामो बिदाले बालबालिकामा मानसिक स्वास्थ्य चुनौतीहरू बढाउन सक्छ: विशेषज्ञ

बिदाको मौसमलाई विशेषगरी वर्षको सबैभन्दा अद्भुत समय भनेर वर्णन  गरिदै आएको छ । तर धेरै  बालबालिका र किशोरकिशोरीहरूका लागि   बिदाको समयले मानसिक स्वास्थ्य चुनौती निम्त्याउन सक्ने एक अध्ययनले देखाएको छ। चिल्ड्रेन्स मेडिकल सेन्टरका क्लिनिकल थेरापिस्ट सारा लोफ्टिनका अनुसार बिदाका रंगीन बत्ती र भोजको माहोलले पनि युवाहरूमा डिप्रेसन र चिन्ताको स्तर बढाउन सक्छ।    

‘हामीले यहाँ अस्पतालमा देख्ने सबैभन्दा ठूलो कुरा भनेको छुट्टीको मौसममा डिप्रेसन र चिन्तामा वृद्धि हो’ लोफ्टिनले भनेकी छिन्।      

यस वर्षको बाल स्वास्थ्य ‘बियोन्ड एबीसी’ रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिकामा लगभग २० प्रतिशत बालबालिकामा अहिले मानसिक, भावनात्मक, विकासात्मक वा व्यवहारिक विकार देखिएको छ । त्यसैगरी टेक्सासका २१ प्रतिशत  बालबालिकाले आत्महत्या गर्ने गम्भीर विचार गरेको अध्ययनले देखाएको छ।    

उत्तरी टेक्सासका विद्यालयहरूमा मदिरा वा लागूपदार्थ सेवनका घटनाहरू २०२० देखि २०२४ सम्म बढेको पाइएको छ।      

बिदाको मौसममा बालबालिकाहरूले मानसिक स्वास्थ्यसँग सङ्घर्ष गर्नुका केही कारणहरूमा आर्थिक कठिनाइ, लागूपदार्थको दुरुपयोग, र  घरमा हिंसा वा दुव्र्यवहार समावेश छन्। लोफ्टिनका अनुसार विद्यालयबाट बारम्बार बाहिर निकालिँदा त्यसले बच्चाहरूको दैनिक कार्यतालिका र भविष्यवाणी गर्न सक्ने  क्षमतावृद्धिमा ह्रास गर्ने अध्ययनले देखाएको छ। एजेन्सी

प्रकाशित: १२ मंसिर २०८२ १०:३४ शुक्रबार