आधुनिक विज्ञानले प्राचीन श्वासप्रश्वास अभ्यासहरूलाई पुनः केन्द्रमा ल्याएको छ। अनुसन्धानहरूले देखाएअनुसार दिनमा केही मिनेट सचेत रूपमा सास फेर्ने अभ्यास गर्दा तनाव कम हुनुका साथै दीर्घकालीन स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।
विशेषज्ञहरूका अनुसार धेरै मानिसहरू अनावश्यक रूपमा छिटो सास फेर्ने गर्छन्, जसले शरीरको ‘फाइट ओर फ्लाइट’ प्रतिक्रिया सक्रिय राख्छ। तर नाकबाट बिस्तारै र गहिरो सास फेर्दा शरीरको ‘रेस्ट एन्ड डाइजेस्ट’ प्रणाली सक्रिय भई तनाव घटाउन मद्दत गर्छ।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी अनुसन्धानकर्ता एबी लिटिलका अनुसार श्वासप्रश्वास अभ्यासले स्नायु प्रणालीलाई शान्त बनाउँदै मानसिक र शारीरिक स्वास्थ्य सुधार्न सक्छ। स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड स्पीगलले पनि यस्ता अभ्यासले कोर्टिसोलजस्ता तनाव हार्मोन घटाउन सहयोग गर्ने बताएका छन्।
अनुसन्धानकर्ताहरूले विशेष गरी पाँच प्रकारका श्वासप्रश्वास अभ्यासलाई प्रभावकारी मानेका छन्।
१. चक्रीय सुस्केरा
नाकबाट दुई पटक सास लिएपछि लामो समय लगाएर मुखबाट सास छोड्ने अभ्यास। यसले चिन्ता कम गर्न र मुड सुधार्न मद्दत गर्छ।
२. बक्स ब्रेथिङ
चार सेकेन्ड सास लिने, चार सेकेन्ड रोक्ने, चार सेकेन्ड छोड्ने र फेरि चार सेकेन्ड रोक्ने विधि। यो अभ्यास तनावपूर्ण अवस्थाअघि ध्यान केन्द्रित गर्न उपयोगी मानिन्छ।
३. ४-७-८ श्वासप्रश्वास विधि
चार सेकेन्ड सास लिने, सात सेकेन्ड रोक्ने र आठ सेकेन्ड सास छोड्ने अभ्यास। यसले चिन्ता कम गर्न र शरीरलाई आराम दिन सहयोग पुर्याउँछ।
४. सुसंगत श्वासप्रश्वास
पाँच सेकेन्ड सास लिने र पाँच सेकेन्ड सास छोड्ने लयमा गरिने अभ्यास। यसले मुटुको धड्कनको लय सुधार्न र स्नायु प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्न सक्छ।
५. पेटसम्म गहिरो सास फेर्ने अभ्यास
नाकबाट बिस्तारै सास फेर्दै डायाफ्राम सक्रिय गर्ने अभ्यास। विशेषज्ञहरूका अनुसार यो सबैभन्दा आधारभूत तर प्रभावकारी विधिमध्ये एक हो।
विशेषज्ञहरूले गर्भवती महिला तथा दम वा दीर्घकालीन फोक्सो रोग भएका व्यक्तिहरूलाई यस्ता अभ्यास सुरु गर्नुअघि चिकित्सकसँग परामर्श लिन सुझाव दिएका छन्। अनुसन्धानअनुसार दिनमा तीनदेखि पाँच मिनेटसम्म नियमित रूपमा गरिने श्वासप्रश्वा
प्रकाशित: १ जेष्ठ २०८३ १२:५८ शुक्रबार