सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट घटनाएको छ । त्यसमा पनि आन्तरिक स्रोतबाट ४० करोड जुटाउने तारगेट पनि प्रतिष्ठानलाई दिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभाबाट आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्दै प्रतिष्ठानलाई यो लक्ष्य दिएको हो।
प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले सभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसअनुसार प्रतिष्ठानको यो वर्षको बजेट १ अर्ब ८९ करोड ४६ लाख छ। सरकारबाट प्राप्त ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट प्राप्त आय १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपन्तारित प्रतिष्ठानका स्नातकोत्तरतर्फ एमडी एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन्। एमडी एमएसका तीनवटा ब्याच पूरा भइसकेका छन्।
स्नातकतर्फ एमबीबीएस, बीएनएस, बीएसस्सी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन्। सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री डा सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सभाका सदस्यहरुको उपस्थिति थियो।
प्रकाशित: ५ मंसिर २०८२ १५:३६ शुक्रबार