स्वास्थ्य

मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।

शिविर मंसिर २६ गते बिहान ९ बाट साँझ ५ बजेसम्म तथा मंसिर २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा जनरल फिजिसियन, स्त्री–रोग (महिला रोग) विशेषज्ञ, दन्त रोग विशेषज्ञ तथा हड्डी–जोर्नी रोग विशेषज्ञहरूद्वारा परामर्श तथा उपचार सेवा प्रदान गरिने आयोजकहरूले जनाएका छन्।

शिविर सञ्चालनमा धादिङ समाज अमेरिकाले सहकार्य गर्नेछ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। साथै, शिविर सफल बनाउन खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरू सहयोगी संस्थाका रूपमा रहनेछन्।

स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घर नजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

त्यस्तै, यस शिविरले खनियाबास तथा आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै महासचिव बाबुकाजी भण्डारीले यो पहल ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारका लागि महत्त्वपूर्ण योगदान हुने टिप्पणी गरे।

प्रकाशित: ११ मंसिर २०८२ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App