स्वास्थ्य

नि:शुल्क क्यान्सर परीक्षण अभियान

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम सुरु गर्ने भएको छ।

महानगरपालिकाका अनुसार उक्त अभियान चैत १६ गते सोमबारदेखि सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत ३० वर्ष उमेर पूरा गरेका सबै महिलालाई लक्षित गरी क्यान्सरको प्रारम्भिक परीक्षण र आवश्यक परे उपचार सेवा प्रदान गरिनेछ।

महानगरपालिकाले समयमै परीक्षण गराउँदा क्यान्सरजस्तो जटिल रोगलाई सुरुमै पहिचान गरी प्रभावकारी उपचार सम्भव हुने भएकाले सबै योग्य महिलाहरूलाई सेवा लिन अनुरोध गरेको छ।

प्रकाशित: ८ चैत्र २०८२ ११:१५ आइतबार