स्वास्थ्य

पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिती निरन्तर निगरानीमा : अस्पताल

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानीमा रहेको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी गराएको छ। 

अस्पतालका सहायक सूचना अधिकारी कालिप्रसाद रोश्याराले हाल ओली अस्पतालको एनेक्स–१ को बेड नं. ५०१ मा चिकित्सकीय निगरानी तथा उपचारमा रहेको नागरिकलाई जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरूको टोलीले पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ। 

ओली मिर्गौला प्रत्यारोपणपश्चात् उपचारमा रहेका व्यक्ति हुन्। अध्यक्ष ओलीलाई २०८२ मंसिर १४ गते मुटुको धड्कन असामान्य रूपमा बढ्ने (धड्कन तीव्र हुने) समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

प्रकाशित: १५ चैत्र २०८२ १४:२१ आइतबार