स्वास्थ्य

स्वास्थ्य बिमाका सेवाग्राहीलाई भेदभाव गरे कारवाही हुने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीमाथि कुनै पनि प्रकारको विभेद गरे कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य बिमा ऐन या नियमावली विपरित विभेद भएमा ऐन बमोजिम कारवाही हुने बोर्डले जनाएको छ ।  

सोमबार एक परित्रपत्र जारी गदै बोर्डले  केही  सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन आउनु अघि अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा र औषधि उपलब्ध नगराउने जस्ता गुनासा आएको भन्दै यस्ता गतिबिधि स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली २०७५ विपरित रहेको जनाएको छ ।  

अब सेवा प्रदायक स्वास्थ्य संस्थाले एने र नियमावली विपरित सेवाग्राहीलाई कुनै पनि प्रकारको भेदभावजन्य क्रियाकलाप गरेमा ऐन बमोजिम कारवाही हुने चेतावनी दिएको छ । परिपत्रमा भनिएको छ, ‘यस प्रकारका गतिविधि नगर्न/नगराउन तथा प्रचलित ऐन, नियमावली र कार्यविधीको पूर्ण पालना गर्न गराउन निर्देशन गरिन्छ।’

प्रकाशित: १६ चैत्र २०८२ १७:०६ सोमबार