स्वास्थ्य

एक महिलाले टिचिङको प्यासजमै बच्चा जन्माइन्

टिचिङ अस्पतालमा प्रसूति वार्ड नपुग्दै एक महिलाले प्यासजमै बच्चा जन्माएकी छिन्।

बालुवाटारकी काजोल पाण्डेले घरबाट आउँदा आउँदै अस्पतालको प्यासजमै बच्चा जन्माएकी हुन्। आफन्तका अनुसार प्रसूति कक्षबाहिर ह्विल चेयर खोज्दा खोज्दै प्यासजमै जन्मिएको बताए।

अस्पतालको स्वास्थ्यकर्मी प्यासजमै पुगेर सेवा प्रदान गरेपछि थप हेरचाहका लागि कक्षमा लगेका हुन्।

सुत्केरीले दोस्रो बच्चा जन्माएकी हुन्।

यसअघि पनि गर्भवती अस्पताल आउँदा आउँदै प्यासेजमा बच्चा जन्माएको कक्षका सुरक्षा गार्डले बताए।

प्रकाशित: १३ कार्तिक २०८२ १०:३१ बिहीबार