बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ। हिजो र आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।
प्रकाशित: ३ कार्तिक २०७९ ०१:४३ बिहीबार