राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।
जोशी उपचाररत किष्ट अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।
जोशी पिसाब र डेङ्गु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत छन्। शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ।
प्रकाशित: १३ आश्विन २०७९ १२:२५ बिहीबार