स्वास्थ्य

जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्। उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन्।

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।

विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन्। यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए। उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्।

प्रकाशित: २२ भाद्र २०७९ १४:४० बुधबार

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सामूहिक राजीनामा