स्वास्थ्य

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ।

प्रकाशित: १७ असार २०७९ १०:४३ शुक्रबार