पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ। पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ। निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन्। शून्य कोरोना सङ्क्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन्। नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ८ चैत्र २०७८ ११:३७ मंगलबार