स्वास्थ्य

थप दुई सय ७५ जनामा संक्रमण पुष्टि

आज नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै थप पाँच सय ५५ जना निको भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५५ हजार चार सय ५८ जना पुगेको छ। सोही अवधिमा एक जना संक्रमितको ज्यान गएको छ भने योसहित कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३२ जना पुगेको मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यसैबीच बितेको २४ घण्टामा एक लाख २२ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ १०:५१ शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोरोना भाइरस संक्रमण